दफा ३०
खारेजी र बचाउ

(१) राष्ट्रिय खेलकूद परिषद् ऐन, २०२१ खारेज गरिएको छ र सो ऐन बमोजिम स्थापित खेलकूद परिषद्को सबै चल अचल सम्पत्ति परिषद्मा सर्नेछ ।

(२) राष्ट्रिय खेलकूद परिषद् ऐन बमोजिम स्थापित राष्ट्रिय खेलकूद परिषद्सित भए गरेका सबै ठेक्का पट्टा तथा सम्झौताहरु परिषद्सित भए गरेको मानिने छ र सो राष्ट्रिय खेलकूद परिषद्बाट भए गरेका सम्पूर्ण काम कारबाही परिषद्बाट भए गरेको मानिनेछ ।

(३) राष्ट्रिय खेलकूद परिषद् ऐन, २०२१ बमोजिम राष्ट्रिय खेलकूद परिषद्को लगतमा नाम दर्ता भएका खेलकूद सम्बन्धी संस्थाहरुको नाम दर्ता यसै ऐन बमोजिम भए गरेको मानिनेछ ।

(४) राष्ट्रिय खेलकूद परिषद् ऐन, २०२१ बमोजिम विभिन्न मितिमा गठित खेलकूद विकास समितिहरु यो ऐन बमोजिम अर्को विकास समितिहरु गठन नभएसम्म कायम रहनेछन् ।